+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.

Buddhashanti Saving and Credit Co-operative Ltd. (BSC)
वर्तमानको उर्लिदो जनघनत्व, बढ्दो व्यवसायहरु, जनचाहना, बजारको स्वरुप, जन–सक्षमता र आवश्यकता जस्ता कुराहरुलाई विचार गर्दै संस्थालाई पनि अगाडि बढाउने र सम्पूर्ण सदस्यहरुका आवश्यकताहरुलाई पूरा गर्ने हेतुले यस सहकारी संस्थाको स्थापना गरिएको हो । सबै जातजाति, धर्म–संस्कृति रीति–रिवाजलाई अंगाल्दै समाजमा बसोबास गर्दै आएका सम्पूर्ण सदस्यहरुलाई सहकारीको महत्व र आफ्नो सहभागिताको बोध गराउने र समाजको दीगो र समतामूलक आर्थिक विकास तथा अग्रगामी सामाजिक रुपान्तरणका लागि सवल र सक्षम सहकारी प्रणाली अवलम्बन गरिएको छ।

विभिन्न ठाउँमा आयमूलक व्यवसायमा लगानी गरेर आर्थिक प्रगति उन्मुख, रोजगारको श्रृजना, सहुलियत दरमा दैनिकीय उपभोग्य वस्तुहरु उपलब्ध गराउन, प्राथमिक आवश्यकता र आर्य आर्जन क्षमताको पहिचान गरेर उत्पादशील, आयमूलक, सीपमूलक कामहरुमा जागरण गराउँदै समाजको सदस्यहरुलाई सवल र स्ववलम्वी बनाउनु हाम्रो परिचय हो । स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रूपमा विकसित गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको छ ।

महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिबृद्धि गर्ने र सहकारी प्रबद्र्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रभावकारी, प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउन सरकारले ल्याएका योजनाहरुमा समेत सहभागि भईनेछ ।

Latest News

सह–व्यवस्थापक कर्मचारी आवश्यकता

सह–व्यवस्थापक कर्मचारी आवश्यकता प्रथम पटक प्रकाशित मितिः २०८२/०५/१६ यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., बुद्धशान्ति ३ का लागि रिक्त रहेको पदमा तपसिल अनुसारको कर्मचारी आवश्यक भएको हुँदा योग्यता पुगेका स्थानीय नेपाली नागरिकहरुबाट दरखास्तको लागि मिति २०८२/०४/२७...

छात्रवृत्ति पुरस्कारको लागि निवेदन पेश गर्ने सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!! यस संस्थाको मिति २०८१/०५/२९ गते सम्पन्न आठौं वार्षिक साधारण सभामा अनुमोदन भएको कार्यक्रम अन्तर्गत संस्थाको आगामी साधारण सभामा तपसिल बमोजिमको २ विधामा सम्मान तथा पुरस्कार वितरण गरिने भएको हुँदा आवश्यक कागजात सहित मिति २०८२ भाद्र १५ गते आइतबार...

नवौं बार्षिक साधारण सभा सम्बन्धी सूचना

नवौं बार्षिक साधारण सभा सम्बन्धी सूचना । प्रथम पटक प्रकाशित मिति २०८२/०४/२८ गते यस सहकारी संस्थाको मिति २०८२/०४/२७ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको नवौं वार्षिक साधारण सभा संस्थाको विनियम,२०८१ को दफा ३०, ३२ र ४० को प्रावधान बमोजिम साधारण सभा सम्पन्न...

स्थानिय तथा स्वदेशी वस्तुहरुको प्रयोग गरि समाज तथा देशको आर्थिक परिवर्तनका लागि आजैदेखि आफुबाट शुरुवात गरौं । समुन्नत समाजको निर्माण गरौं ।

मानिस, जनावर तथा वातावरण समेत असर गर्ने गरि अत्याधिक रासायनिक मल तथा विषादी प्रयोग गरि सिमित आर्थिक लाभको लागि वस्तुहरु उत्पादन नगरौं । अर्गानिक तवरबाट उत्पादन गरि उपभोग्य वस्तुहरु तयार गरौं ।

राजनीति, धर्म, जात, लिंङ्ग, भाषा, संस्कृति वा सम्प्रदाय आदिको आधारमा विवेध नगरी समतामुलक एवं सम्मुन्नत समाजको विकास गरौं ।

What entrepreneur say

“Each country is different. Keep an open mind, and you will able to find where the niche entry level lies – the areas where there are gaps. You have to keep an ear to the ground, and you can find a business opportunity”
Binod Chaudhary

“Someone’s sitting in the shade today because someone planted a tree a long time ago.”
“Opportunities come infrequently. When it rains gold, put out the bucket, not the thimble.”
Warren Buffet

Our Affilation

Buddhashanti Rural Municipality 3, Budhabare, Jhapa, Nepal

+977-023-555796

Useful Links

  • Holiday Listing
  • Unicode Typing

 

यस सहकारी संस्थाको २०७६ सालको विदाको विवरण

२०७६ बैशाख ०१ ⇒ नयाँ वर्ष

२०७६ भाद्र १६ ⇒ हरितालिका तिज

२०७६ भाद्र १७ ⇒ ऋषि पञ्चमी

२०७६ आश्विन १९ देखि २४ ⇒ वडा दशैँ

२०७६ कार्तिक १० देखि १२ ⇒ तिहार

२०७६ माघ ०१ ⇒ माघे संक्रान्ति

२०७६ फाल्गुन ०९ ⇒ महाशिवरात्रि

२०७६ फाल्गुन २७ ⇒ होली

सञ्चालक समितिको निर्णयानुसार विदाको दिन थपघट हुन सक्नेछ ।

Pin It on Pinterest

Shares