FAQ
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. (BSC) नै किन ?
१) युवा स्वरोजगारका लागि उध्यमसिलतामा लगानी कार्यक्रम सञ्चालन गरिने ।
२) सरकारद्वारा युवा स्वरोजगारका लागि समुदायमा गरिने कार्यक्रमहरु BSC को नेतृत्वमा गरिने ।
३) हरेक वर्ष नेपाल राष्ट्र बैंक द्वारा युवा स्वरोजगारका लागि कम ब्याजदरमा उपलब्ध गराउने पूँजी हाल सम्म फ्रिज हुँदै आएकोमा, BSC को पहलमा लगानी भित्राई विभिन्न परियोजनामा परिचालन गरिने ।
४) आर्थिक सम्बृद्धिका लागि BSC स्वयंले सेवा, कृषि तथा पशुपालन, पर्यटन, व्यापार, इन्जिनियरिङ्ग आदी सम्बन्धि PROJECT तत्काल सञ्चालनमा ल्याइने ।
५) सम्बन्धित क्षेत्रमा अनुभवि दक्ष युवाहरुद्वारा सञ्चालन गरिएको ।
६) विश्व बजारको अध्ययन र अनुसन्धान गरि नेपालको माटो सुहाउँदो कार्यक्रमहरु सञ्चालन गर्दै लगिने ।
७) हरेक शेयर सदस्यहरुको विचार र दृष्टिकोणलाई महत्वका साथ पालना गरिने ।
८) समयसापेक्ष प्रविधिहरुको प्रयोग गर्दै सेवालाई थप गुणस्तरीय, पारदर्शी, मर्यादित र व्यवस्थित बनाइएको ।
९) वैदेशिक रोजगारबाट फर्कने युवा, सिप तथा अनुभव भएका व्यक्तिलाई कार्यक्रमहरुमा समावेश गर्दै लगिने र सिप नभएका व्यक्तिहरुलाई तालिम दिई परिचालन गरिने ।
१०) हरेक व्यक्तिले आज गरेको लगानी भविश्यमा आफ्नै लागि भन्ने नाराका साथ आफै मालिक, आफै कामदार बन्ने सुअवसर प्रदान गरिने ।
११) Dividend को Scale अन्य सहकारीले भन्दा बढी वितरण गरिने लक्ष्य लिइएको ।
१२) उध्यमसिलताको लागि कम ब्याजदरमा ऋण लगानी गरिने तथा झन्झटिलो व्यवस्था नभएको ।
१३) कार्यक्षेत्र भन्दा बाहिर BSC सुमहकै प्राइभेट लिमिटेड मार्फत कार्य गरिने ।
१४) पानी, बिजुली, टेलिफोन, मालपोत, बिमाको प्रिमियम, व्यवसाय कर, विद्यालय शुल्क, गाडीको नविकरण आदीको सेवा तथा शेयर सदस्यहरुको पेन्सनको व्यवस्था समेत उपलब्ध गराउँदै लैजाने ।
१५) समुदायबाट प्राप्त सल्लाह÷सुझावलाई उच्च महत्वका साथ कार्यान्वयन गरिने ।
१६) एकल होइन समुहमा जुटेर कार्य गर्दा समय र पूँजीको सहि सदुपयोग हुनाले सबै युवा वर्गलाई BSC सुमहमा सदस्यताका लागि आव्हान गरिएको ।
आउनुहोस् मिलेर कार्य गरौं, असम्भवलाई सम्भव बनाउन सकिन्छ ।
Follow
