Introduction
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड (BSC), नेपाल सरकार सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९ अन्तर्गत डिभिजन सहकारी कार्यालय, झापाबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्था हो । यसको प्रधान कार्यालय बुद्धशान्ति गाउँपालिका–०३, बुधवारेमा अवस्थित छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा सम्बन्धित विषयहरुमा विज्ञता हासिल गरी वित्तिय संस्थामा लामो कार्य अनुभव तथा आर्थिक विकासको सिप हासिल गरेका युवा प्रतिनिधिहरु हुनुहुन्छ । यस संस्थामा विश्वमा भएको आर्थिक विकासको प्रविधि प्रयोग गरी सेवालाई थप गुणस्तरिय, विश्वसनिय, पारदर्शि र छिटोछरितो बनाईएको छ । संस्थाले गर्ने प्रगतिशिल कार्य र समुदायको मागको आधारमा सेवा कार्यक्षेत्रलाई थप विस्तारित गर्दै लैजाने रणनीति लिईएको छ भने समुदाय भित्र उत्पादनशिल क्षेत्रहरुको विकास गर्दै शेयर सदस्यहरुको आर्थिक उन्नति तथा प्रगतिमा नेतृत्वदायी भुमिका निर्वाह गरिनेछ ।
दृष्टिकोण (Vision)
यस सहकारी सेवालाई गुणस्तरीय, पारदर्शि, मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउने ।
रणनीति (Mission)
- छरिएर रहेको पूँजीलाई एकिकृत गरी संस्थागत तथा स्वस्थ्य प्रतिष्पर्धाको माध्यमबाट वित्तिय सेवा उपलब्ध गराउने ।
- कार्यक्षेत्रको समग्र आर्थिक उन्नति तथा शेयर सदस्यहरुको हितको लागि कृषि, पर्यटन, उद्योग, व्यापार, सेवा, व्यवसाय आदिसँग सम्बन्धित कार्यका लागि सरल कर्जा वितरण गरी भरपर्दो सेवा उपलब्ध गराउने ।
- उपलब्ध श्रम, सिप तथा पूँजीलाई उचित परिचालन गरी उत्पादन एवं रोजगारीमुलक व्यवसायको स्थापना, सञ्चालन विकास, विस्तार तथा प्रवद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तिय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम र प्रविधि उपलब्ध गराई सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सक्रिय रुपमा संलग्न भई कार्य गर्ने ।
- शेयर सदस्यहरुको हकहितको संरक्षण र सम्बद्र्धन गर्दै नमुना सहकारीको विकास गर्ने ।
- सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गराई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छरिएर रहेको पुँजीको उपयोग बढाउने तथा स्थानीय तहमा विभिन्न रोजगार मुलक कार्यको विस्तार गर्दै स्वावलम्बि र आत्मनिर्भर समाजको विकास गर्ने ।
- राजनीति, धर्म, जात, लिंङ्ग, भाषा, संस्कृति वा सम्प्रदाय आदिको आधारमा विवेध नगरी समतामुलक एवं सम्मुन्नत समाजको विकास गर्ने ।
- कृषि तथा पशुपालन, उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य, लघुवित्त, जलविद्युत, पर्यटन, पर्यावरण, होटल रिसोर्ट, व्यापार, रेमिट्यान्स, आदी क्षेत्रमा लगानी गरी आत्मनिर्भरका साथ स्वरोजगारका लागि विविध कार्यक्रम तथा सिपमुलक तालिम र प्रशिक्षण सञ्चालन गर्ने ।
- वैदेशिक रोजगारमा गई विविध विषयमा विज्ञता हासिल गरेका युवाहरुको सिप तथा अनुभवलाई स्वदेशमा परिचालन गरि रोजगारीका अवसर श्रृजना गर्ने ।
- सम्बन्धित क्षेत्रमा अनुकुल व्यवसायको पहिचान गरि आधुनिक प्रणाली तथा अर्गानिक प्रविधिको विकास गर्न सहयोग गर्ने ।
Follow
