Message from President
नमस्कार,

अध्यक्ष, पुष्प प्रसाद रिजाल
देशप्रेमी प्रगतिशिल तथा जागरुक युवाहरु, जसले आफ्नो देशमा आफ्नै ठाउँमा केहि गर्ने प्रयासनै नगरि “नेपालमा के छ र गर्नलाई ?” भन्दै नेपाल सरकार र प्रशासनलाई गालि गर्ने पुरानो भनाई बोकेर पटक–पटक विदेशिनु भन्दा एक पटक मात्रै केहि समय विदेशी मुलुकमा बसि वा स्वदेशमानै सम्बन्धित क्षेत्रमा तालिम लिई आफ्नो उर्जावान अमुल्य समयमा आफु र आफ्नो परिवारको लागि दिर्घकालिन आम्दानीको स्रोत बन्ने सम्भावित क्षेत्रमा आर्जित सिप, ज्ञान र अर्थको लगानी गरि आफु सक्षम बन्नुका साथै सफल र सक्षम युवाशक्ति बनिनुनै समाज र देशका लागि सकारात्मक पाटो सम्झेर, समाजसेवामा आफुलाई तत्पर राख्ने मनसायका साथ विभिन्न मुलुकमा छरिएर रहेका युवाहरु जस्मा उन्नती प्रगति हुनुको प्रमुख कारण भनेकै अनुशासित बनेर सहि पद्धतिमा रहि व्यक्तिगत मात्र होइन सामुहिक हितको लागि समुहमा नै रहेर केहि गर्नुपर्ने रहेछ भन्ने भावनाले पोख्त भएका युवाहरुको एकतामा झापा स्थित बुद्धशान्ति गाउँपालिका वार्ड नं. ०३ मा यस BSC स्थापना गरिएको हो ।
विदेशिएका युवा घर फर्किएपछि नेपालमानै केहि गर्ने अठोट राख्दछन् भने उसलाई आर्थिक सहयोग गर्ने देखि लिएर ज्ञान, सिप सुहाउँदो क्षेत्रमा कार्य गर्न भरपर्दो सहकार्य गर्न हामी तत्पर छौं । जस अन्तर्गत सम्बन्धित युवालाई यस सहकारीको सहकार्य मार्फत समाजमा परिचित गराउने, सामाजिक नेतृत्व वर्गसँग घुलमिल गराउने, समाजबाट अपरिचित बन्दै गएको अवस्थालाई चिर्दै छोटो समयमानै समाजमा पुनः स्थापित गराउने कार्यलाई महत्वका साथ कार्यान्वयन गरिनेछ ।
यस सहकारी मार्फत थोरै–थोरै पूँजी संकलन गर्दै धेरै पूँजी तयार गरि कृषि तथा पशुपालन, पर्यटन, लघुवित्त, उद्योग, व्यापार जस्ता ठूला–ठूला परियोजनाहरु सञ्चालन गर्ने जसको प्रमुख उद्देश्य भनेकै श्रम गर्नेलाई श्रमको क्षेत्रमा रोजगारी, सिप, ज्ञान भएका दक्ष युवाहरुलाई सम्बन्धित क्षेत्रमा रोजगारी, उच्चतम तहको शैक्षिक योग्यता र अनुभव भएका जनशक्तिलाई व्यवस्थापन तथा नीति निर्माण क्षेत्रमा र लगानी गर्न मात्र चाहनेलाई दक्ष–अनुभवी युवाहरुको पूर्ण समुहको परिवार भित्रै विश्वासिलो र भरपर्दो वास्तविक वातावरण प्रदान गरिनेछ । यसरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण युवा जनशक्ति अटाउने एक पूर्ण परिवारको प्रारम्भिक रुपनै बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था हो । तसर्थ यस BSC को महाअभियानमा स्वःजागरुकताका साथ यहाँहरुको संलग्नताका लागि आव्हान गर्दछु ।
धन्यवाद
Follow
