बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
Buddhashanti Saving and Credit Co-operative Ltd. (BSC)विभिन्न ठाउँमा आयमूलक व्यवसायमा लगानी गरेर आर्थिक प्रगति उन्मुख, रोजगारको श्रृजना, सहुलियत दरमा दैनिकीय उपभोग्य वस्तुहरु उपलब्ध गराउन, प्राथमिक आवश्यकता र आर्य आर्जन क्षमताको पहिचान गरेर उत्पादशील, आयमूलक, सीपमूलक कामहरुमा जागरण गराउँदै समाजको सदस्यहरुलाई सवल र स्ववलम्वी बनाउनु हाम्रो परिचय हो । स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रूपमा विकसित गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको छ ।
महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिबृद्धि गर्ने र सहकारी प्रबद्र्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रभावकारी, प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउन सरकारले ल्याएका योजनाहरुमा समेत सहभागि भईनेछ ।
Latest News
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ स्थापना दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर
रक्तदान नै जीवनदान — स्वस्थ रहने महाअभियान! बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ स्थापना दिवसको अवसरमा डाक्टर नवल मल्टीस्पेसलिटी हस्पिटल प्रा.लि र नेपाल रेडक्रस सोसाइटी, बुधबारे उपशाखाको सहकार्यमा 'रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर' सञ्चालन हुँदैछ।...
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा २०८२ मङ्सिर २० गते शनिबार सम्पन्न
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा २०८२ मङ्सिर २० गते शनिबार सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष श्री पुष्प प्रसाद रिजालको सभापतित्व तथा ज्येष्ठ शेयर सदस्य श्री यमनाथ विमलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको...
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
नवौं बार्षिक साधारण सभा सम्बन्धी सूचना । प्रथम पटक प्रकाशित मिति २०८२/०४/२८ गते दोस्रो पटक प्रकाशित मिति २०८२/०५/३० गते यस सहकारी संस्थाको मिति २०८२/०४/२७ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको नवौं वार्षिक साधारण सभा संस्थाको विनियम, २०८१ को दफा ३०, ३२ र...

स्थानिय तथा स्वदेशी वस्तुहरुको प्रयोग गरि समाज तथा देशको आर्थिक परिवर्तनका लागि आजैदेखि आफुबाट शुरुवात गरौं । समुन्नत समाजको निर्माण गरौं ।

मानिस, जनावर तथा वातावरण समेत असर गर्ने गरि अत्याधिक रासायनिक मल तथा विषादी प्रयोग गरि सिमित आर्थिक लाभको लागि वस्तुहरु उत्पादन नगरौं । अर्गानिक तवरबाट उत्पादन गरि उपभोग्य वस्तुहरु तयार गरौं ।

राजनीति, धर्म, जात, लिंङ्ग, भाषा, संस्कृति वा सम्प्रदाय आदिको आधारमा विवेध नगरी समतामुलक एवं सम्मुन्नत समाजको विकास गरौं ।
What entrepreneur say
“Opportunities come infrequently. When it rains gold, put out the bucket, not the thimble.”
Our Affilation

