+977-023-555796 | Registration Number :- 3-1-7-1017, 073-074 | PAN :- 606094960 | info@bsc.coop.np

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.

Buddhashanti Saving and Credit Co-operative Ltd. (BSC)
वर्तमानको उर्लिदो जनघनत्व, बढ्दो व्यवसायहरु, जनचाहना, बजारको स्वरुप, जन–सक्षमता र आवश्यकता जस्ता कुराहरुलाई विचार गर्दै संस्थालाई पनि अगाडि बढाउने र सम्पूर्ण सदस्यहरुका आवश्यकताहरुलाई पूरा गर्ने हेतुले यस सहकारी संस्थाको स्थापना गरिएको हो । सबै जातजाति, धर्म–संस्कृति रीति–रिवाजलाई अंगाल्दै समाजमा बसोबास गर्दै आएका सम्पूर्ण सदस्यहरुलाई सहकारीको महत्व र आफ्नो सहभागिताको बोध गराउने र समाजको दीगो र समतामूलक आर्थिक विकास तथा अग्रगामी सामाजिक रुपान्तरणका लागि सवल र सक्षम सहकारी प्रणाली अवलम्बन गरिएको छ।

विभिन्न ठाउँमा आयमूलक व्यवसायमा लगानी गरेर आर्थिक प्रगति उन्मुख, रोजगारको श्रृजना, सहुलियत दरमा दैनिकीय उपभोग्य वस्तुहरु उपलब्ध गराउन, प्राथमिक आवश्यकता र आर्य आर्जन क्षमताको पहिचान गरेर उत्पादशील, आयमूलक, सीपमूलक कामहरुमा जागरण गराउँदै समाजको सदस्यहरुलाई सवल र स्ववलम्वी बनाउनु हाम्रो परिचय हो । स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रूपमा विकसित गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको छ ।

महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिबृद्धि गर्ने र सहकारी प्रबद्र्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रभावकारी, प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउन सरकारले ल्याएका योजनाहरुमा समेत सहभागि भईनेछ ।

Latest News

२०८० कार्तिक मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति ३, झापा उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८० कार्तिक मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा...

कार्यालय विदा रहने सम्बन्धि सूचना

कार्यालय विदा रहने सम्बन्धि सूचना

नेपालीहरुको महान चाड विजयादशमी २०८० को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुखशान्ति, सुस्वास्थ्य, सम्बृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । यस वडादशैंको उपलक्ष्यमा मिति २०८० कार्तिक ४ गते...

स्थानिय तथा स्वदेशी वस्तुहरुको प्रयोग गरि समाज तथा देशको आर्थिक परिवर्तनका लागि आजैदेखि आफुबाट शुरुवात गरौं । समुन्नत समाजको निर्माण गरौं ।

मानिस, जनावर तथा वातावरण समेत असर गर्ने गरि अत्याधिक रासायनिक मल तथा विषादी प्रयोग गरि सिमित आर्थिक लाभको लागि वस्तुहरु उत्पादन नगरौं । अर्गानिक तवरबाट उत्पादन गरि उपभोग्य वस्तुहरु तयार गरौं ।

राजनीति, धर्म, जात, लिंङ्ग, भाषा, संस्कृति वा सम्प्रदाय आदिको आधारमा विवेध नगरी समतामुलक एवं सम्मुन्नत समाजको विकास गरौं ।

What entrepreneur say

“Each country is different. Keep an open mind, and you will able to find where the niche entry level lies – the areas where there are gaps. You have to keep an ear to the ground, and you can find a business opportunity”
Binod Chaudhary

“Someone’s sitting in the shade today because someone planted a tree a long time ago.”
“Opportunities come infrequently. When it rains gold, put out the bucket, not the thimble.”
Warren Buffet

Our Affilation

Buddhashanti Rural Municipality 3, Budhabare, Jhapa, Nepal

+977-023-555796

Useful Links

  • Holiday Listing
  • Unicode Typing

 

यस सहकारी संस्थाको २०७६ सालको विदाको विवरण

२०७६ बैशाख ०१ ⇒ नयाँ वर्ष

२०७६ भाद्र १६ ⇒ हरितालिका तिज

२०७६ भाद्र १७ ⇒ ऋषि पञ्चमी

२०७६ आश्विन १९ देखि २४ ⇒ वडा दशैँ

२०७६ कार्तिक १० देखि १२ ⇒ तिहार

२०७६ माघ ०१ ⇒ माघे संक्रान्ति

२०७६ फाल्गुन ०९ ⇒ महाशिवरात्रि

२०७६ फाल्गुन २७ ⇒ होली

सञ्चालक समितिको निर्णयानुसार विदाको दिन थपघट हुन सक्नेछ ।

Pin It on Pinterest

Shares