रक्तदान नै जीवनदान — स्वस्थ रहने महाअभियान!
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ स्थापना दिवसको अवसरमा डाक्टर नवल मल्टीस्पेसलिटी हस्पिटल प्रा.लि र नेपाल रेडक्रस सोसाइटी, बुधबारे उपशाखाको सहकार्यमा ‘रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर’ सञ्चालन हुँदैछ। कार्यक्रममा सहभागी भई रक्तदान तथा स्वास्थ्य परीक्षण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ
उपलब्ध सेवाहरू
रक्तदान कार्यक्रम,
सुगर, प्रेसर तथा पिसाबको निःशुल्क जाँच,
गाँठा-गुठी समस्या पहिचान,
पित्तथैली र मिर्गौलाको पत्थरी सम्बन्धी परामर्श,
पाइल्स, हाइड्रोसिल र हर्निया सम्बन्धी निःशुल्क परामर्श।
मिति — २०८२ साल चैत १६ गते सोमबार ,
समय — बिहान १० बजेदेखि,
स्थान — राम जानकी मन्दिर, बुधबारे।
आयोजक — बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड