+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

कर्जा चुक्ता गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना

कर्जा चुक्ता गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल राष्ट्रिय दैनिकमा प्रकाशित मिति ः२०७८÷११÷१२
यस सहकारी संस्था लि. को तपसिलमा उल्लेखित तपाईं ऋणीले लिनु भएको कर्जा रकम यस सहकारी सँग गर्नु भएको सम्झौता बमोजिम तिर्न बुझाउनको लागि संस्थाबाट पटक÷ पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत तपाईं ऋणीले सो को पूर्ण बेवास्ता गरी कर्जा नियमित नगर्नु भएको र बक्यौता रकम चुक्ता फर्छौट गर्ने तर्फ कुनै चासो नदेखाउनु भएकोले यो ३५ (पैंतिस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः यसै सूचनाद्वारा तपाईं ऋणीबाट सम्पूर्ण कर्जा फिर्ता भुक्तानी माग गरिएको छ र यस सहकारीमा सम्पर्क राखी यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिन भित्र कर्जा भुक्तानी हुने मिति सम्मको सम्पूर्ण साँवा, ब्याज र हर्जना रकम चुक्ता फर्छौट गर्न गराउनको लागि सम्बन्धित ऋणी तथा जमानत कर्ताहरुलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । यो सूचना समेतको बेवास्ता गरी उल्लेखित समयावधि भित्र सहकारीको सम्पूर्ण रकम चुक्ता फर्छौट नगर्नु भएको खण्डमा कर्जाको सुरक्षण वापत धितोमा रहेको निम्न सम्पत्ति तथा अन्य जायजेथा सम्पत्तीबाट सहकारी ऐन, नियमावली तथा प्रचलित कानुन बमोजिम लिलाम बिक्री गरी असुलउपर गरिनुका साथै कालो सुचिमा समावेश गरिने व्यहोरा समेत सुचित गरिन्छ ।
तसर्थ आफ्नो सामाजिक प्रतिष्ठा तथा सहकारीको उल्लेखित काम कारवाहीबाट तपाईं उपर पर्न सक्ने अन्य असर र त्यसबाट उत्पन्न हुन सक्ने परिणाम समेतलाई ध्यानमा राखी उल्लेखित समयावधि भित्र सम्पूर्ण कर्जा चुक्ता फर्छौट गर्नुहुने अपेक्षा गरिएको छ ।
ऋणीको विवरण
नामः चन्द्रकला राजवंशी     
बाबुः नाथुराम चौधरी
आमाः पार्वती चौधरी
पतिः रन्जित राजवंशी
नागरिकतामा रहेको ठेगानाः धाइजन ४, झापा
बसोबास रहेको ठेगानाः बुद्धशान्ति २, झापा
ना.प्र.प.नं. ०४–३–०४÷३५

जमानत कर्ताहरुको विवरण
१.नामः राधा राजवंशी २.नामः तुलसीराम चौधरी
बाबुः टहलाल राजवंशी बाबुः नाथुराम चौधरी
पतिः जयदेव राजवंशी आमाः पार्वती चौधरी
स्थायी ठेगानाः मे.न.पा १२, झापा स्थायी ठेगानाः बुद्धशान्ति ३, झापा
ना.प्र.प.नं. ३००४÷१३५४ ना.प्र.प.नं. ०४१००८÷८१

हाल सम्मको कर्जाको विवरण
मिति २०७५÷०२÷०३ गते मालपोत कार्यालय भद्रपुरमा यस संस्थाको नाममा रोक्का राखि दुई वर्षे म्याद मिति २०७७÷०२÷०३ गते सम्मका लागि लिएको कुल कर्जा रकमः रु ४,००,०००।– (अक्षरेपी रु चार लाख मात्र)
भुक्तान गर्न बाँकी साँवा रकमः रु १,९२,०६९÷– (अक्षरेपी रु एक लाख बयानब्बे हजार उन्सत्तरी मात्र)
ब्याजः रु ७९,५११÷– (अक्षरेपी रु उनासी हजार पाँच सय एघार मात्र)
हर्जनाः रु ३,७०५÷– (अक्षरेपी रु तिन हजार सात सय पाँच मात्र)
जम्मा कर्जा फर्छौट हुन बाँकी रकमः रु २,७५,२८५÷– (अक्षरेपी रु दुई लाख पचहत्तर हजार दुई सय पचासी मात्र)

धितो सुरक्षणको विवरण
स्थायी ठेगाना धाइजन ४, झापा भई बसोबास ठेगाना बुद्धशान्ति २, झापामा बस्ने नाथुराम चौधरीको छोरी, रन्जित चौधरीको श्रीमति ऋणी स्वयंको नाममा मालपोत कार्यालय भद्रपुरमा दर्ता कायम रहेको झापा जिल्ला साविक बुधवारे गा.वि.स वार्ड नं. ६ स्थित कित्ता नं. ९७८३ को क्षेत्रफल ०–०–१०–० रहेको जग्गा

Pin It on Pinterest

Shares