यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले विगत वर्ष झैं यस वर्ष साधारण सभाको कार्यक्रमहरु कोभिड १९ का कारणले प्रत्यक्ष उपस्थित भई भिडभाडमा सम्पन्न गर्न नसकिने परिस्थिति भएकोले बुद्धशान्ति गाउँपालिकाको साधारण सभा गर्ने सम्बन्धिको च.नं. ६९४ मिति २०७७÷०६÷०९ को पत्र तथा सहकारी विभागको मिति २०७७÷०६÷०१ को सूचनामा आधारित भएर मिति २०७७÷०६÷१० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम निम्न तवरबाट सम्पन्न गरिने व्यहोरा सम्बन्धित सबै शेयर सदस्य ज्यूहरुमा जानकारी गराईन्छ ।
१. साधारण सभाको वार्षिक प्रतिवेदन मिति २०७७÷०६÷२० गते देखि मिति २०७७÷०६÷२५ गते सम्ममा सदस्यहरुलाई वितरण गरिनेछ भने संस्थाको आधिकारीक वेभसाइड www.bsc.coop.np मा समेत प्रतिवेदन सार्वजनिक गरिनेछ ।
२. साथै प्रतिवेदन अध्ययन गरी कुनै राय, सल्लाह सुझाव भए मिति २०७७÷०६÷३० गते सम्ममा कार्यालयको इमेल bscjhapa@gmail.com वा टेलिफोन सम्पर्कबाट जानकारी वा पेश गर्नुपर्नेछ ।
३. पेश हुन आएका सम्पूर्ण राय, सल्लाह वा संशोधन प्रस्ताव समेत समावेश हुने गरी मिति २०७७÷०७÷०३ गते माइन्युट तयार गरी साधारण सभा सम्पन्न गरिनेछ । तत् पश्चात साधारण सभाका निर्णय तथा प्रतिवेदनहरु गाउँपालिकाको कार्यालयमा पेश गरिनेछ ।
पुष्प प्रसाद रिजाल
अध्यक्ष