+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

छात्रवृत्ति पुरस्कारको लागि निवेदन पेश गर्ने सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!!
यस संस्थाको मिति २०८१/०५/२९ गते सम्पन्न आठौं वार्षिक साधारण सभामा अनुमोदन भएको कार्यक्रम अन्तर्गत संस्थाको आगामी साधारण सभामा तपसिल बमोजिमको २ विधामा सम्मान तथा पुरस्कार वितरण गरिने भएको हुँदा आवश्यक कागजात सहित मिति २०८२ भाद्र १५ गते आइतबार सम्ममा कार्यालय समय भित्र निवेदन पेश गर्नुहुन सम्बन्धित अभिभावकज्यूहरुमा अनुरोध गरिन्छ ।
१. सदस्यहरुका संतति मध्ये शैक्षिक सत्र २०८१ को  SEE परिक्षामा उच्चतम अंक प्राप्त गर्ने सामुदायिक/नीजि विद्यालयहरु मध्येबाट सर्वोत्कृष्ट अंक  ल्याउने २/२ जना  (१ जना छात्रा र १ जना छात्र)
(आवश्यक कागजातः SEE परिक्षामा उच्चतम अंक प्राप्त गरेको ठहर हुने मार्कसिटको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति र निवेदन )
२. यस संस्थाको बाल खुत्रुके बचत योजनामा आवद्ध बचत कर्ताहरु गत वार्षिक परीक्षामा विद्यालय प्रथम भएको भए १ जना ।
(आवश्यक कागजातः गत बार्षिक परिक्षाको मार्कसिटको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, वार्षिक परिक्षामा विद्यालय प्रथम भएको प्रमाण सहित सम्बन्धित विद्यालयको सिफारिस पत्र र निवेदन )
नोटः प्राप्त निवेदनका आधारमा योग्यता पुगेका आवेदक छनौट गरी कार्यालयले पुरस्कारका लागि जानकारी गराउनेछ । योग्यता नपुगेका निवेदन स्वतः रद्द हुनेछ ।
                                                                                   चन्द्र अधिकारी
                                                                                       सचिव
Scholarship Notice 2082 CLICK HERE TO VIEW

Pin It on Pinterest

Shares