संस्थाको मिति २०७९÷०४÷३० गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको छैठौं वार्षिक साधारण सभा संघीय सहकारी ऐन–२०७४ को परिच्छेद ६ को दफा ३९, प्रदेश सहकारी ऐन–२०७६ को दफा ३६, स्थानीय निकाय सहकारी ऐन २०७५ को दफा २८, सहकारी विभागको मार्गदर्शन तथा यस सहकारी संस्थाको विनियम २०७३ को दफा २४ को प्रावधान बमोजिम तपसिल अनुसारका विषयहरुमा छलफल गरी निर्णय गर्नको लागि निम्न मिति, समय र स्थानमा हुने साधारण सभाको बैठकमा अनिवार्य सहभागिताका लागि सम्पूर्ण सेयर सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभाका प्रस्तावहरु ः
१. सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
२. संस्थाको लेखा समितिको प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
३. आ.व. ०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
४. चालु आ.व. ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
५. आ.व. ०७९÷०८० को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
६. शेयर लाभांश पारित गर्ने तथा वितरण गर्ने सम्बन्धमा ।
७. विशेष प्रस्तावहरुको सम्बन्धमा ।
८. कार्यसूचीमा थप भएका प्रस्तावको सम्बन्धमा ।
९. कर्मचारी नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
१०. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने सम्बन्धमा ।
११. विविध ।
कार्यक्रम
मितिः २०७९ असोज ८ गते शनिवार
समयः बिहानको ठिक ११ः०० बजे
स्थानः उद्योग वाणिज्य संघको सभाहल, बुधबारे
पुष्प प्रसाद रिजाल
अध्यक्ष