बुद्धशान्ति । २०७६ भाद्र ०७ गते शनिवार, झापा बुद्धशान्ति गाउँपालिकाको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी बुद्धशान्ति गाँउपालिका वाड नम्बर ३ का वडाध्यक्ष कमल उप्रेतीले गरे । प्रमुख अतिथि उप्रेतीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए। उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि सबैको विश्वास जित्नुपर्ने बताए । संस्थाका अध्यक्ष पुष्प रिजालको सभापतित्वमा सम्पन्न सभामा व्यवस्थापक रुद्र प्रसाद निरौलाले लेखा परिक्षण, निति तथा कार्यक्रम सचिव चन्द्र अधिकारीले, आन्तरिक लेखा परिक्षणको प्रतिवेदन सञ्चालक समितिका सदस्य भक्ति प्रसाद भट्टराईले प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७५।७६ मा ७४ लाख ४ हजार ६ सय रुपैंया शेयर पूँजी तथा ८ करोड ३२ लाख ३५ हजार २१ रुपैंया ४० पैसा बचत संकलन गरेको जानकारी दिए। त्यसैगरी २ करोड ६७ लाख १ हजार ८ सय रुपैंया कर्जा लगानी गरी १२ लाख ७८ हजार ९ सय ७९ रुपैंया खुद आम्दानी गरेको जनाइएको छ । संस्थाले यस अर्थिक वर्षमा २ करोड १५ लाख ४९ हजार २ सय ७४ रुपैंयाको कूल कारोवार गरेको जनाएको छ । संस्थाका अध्यक्ष रिजालले सञ्चालक समितिको प्रगति प्रतिवेदन पेश गरे भने सबै प्रतिवेदन माथी सदस्य नारायण अधिकारीले समिक्षा गरे । सधारण सभाको अवसरमा संस्थाले समाजसेवी तथा जेष्ठ नागरिक, उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने समाजसेवी तथा जेष्ठ नागरिकमा दिनानाथ ढकाल र पवित्रा देवी खतिवडा, उत्कृष्ट कर्मचारीमा रिता क्षेत्री र श्रृजना मैनाली,उत्कृष्ट बचतकर्ता विपिन धौराली र असल ऋणी सुधिर सत्याल रहेका छन् भने मृत्यूपरोणान्त आखाँदान गर्न इच्छुक ३२ जनालाई पनि सम्मानपत्र सहित सम्मान गरिएको सचिव अधिकारीले बताए । त्यसैगरि कार्यक्रममा बिशेष अतिथी शिवकुमार पौड्याल, मेची आँखा अष्पतालका डाइरेक्टर सुरज रौनियार, आखाँ विज्ञ पुष्प अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीले आँखा दान महादान जस्ता विशुद्ध सामाजिक कार्यमा अगाडि बढेकोमा प्रशंसा गरेका थिए । कृषि कर्जा र व्यावसायिक कर्जालाई प्राथमिकता दिएको सहकारीले शेयर सदस्य साथै स्थानियलाई सहज रुपमा रेमिट सेवा उपलब्ध गराउदै आएको छ । संस्थाले सदस्यहरुको व्यवसायिक, सामुहिक वा व्याक्तिगत रुपमा दैनिक प्रयोग भएका वस्तुहरुको महशुल सेवा पनि प्रदान गर्दै आएको व्यवस्थापक निरौलाले जानकारी दिए । उनले सहकारीले विभिन्न अभियानलाई सहकारीले अगाडि सारेसँगै समुदायमा सरसफाई, वुक्षारोपण, अभिमुखिकरण, विभिन्न निकायको समन्वयमा विद्यालयमा गई विक्तिय साक्षरता, मोटिभेसन क्लास, ट्राफिक नियम, यौन तथा साइबर अपराध, बुद्धशान्तिका पर्यटकिय क्षेत्रको विकास र प्रवर्धन र भिजिट नेपाल २०२० सफल बनाउन लागि पर्न सक्रिय रहने छ । संगै व्यवस्थापन संकाय अध्ययन गरेका बुद्धशान्तिका युवाहरु संङ्गठित भएर वि.स. २०७१ सालमा स्थापना गरेको सहकारीको तेस्रो बार्षिक साधरणसभामा सञ्चालक समिति सदस्य भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अधिकारीले गरेका थिए ।