दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
यस संस्थाको मिति २०७५÷०४÷३१ गते बसेको सञ्चालक समिति बैठकको निर्णयानुसार दोस्रो वार्षिक साधारण सभा उल्लेखित विषयहरुमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा यस संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभाका विषयहरुः
१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूको प्रतिवेदन सम्बन्धमा ।
२. लेखा समितिको प्रतिवेदन सम्बन्धमा ।
३. आ.व. ०७४÷०७५ को लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा ।
४. आ.व. ०७५÷०७६ प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धमा ।
५. संस्थाको बचत नीति, कर्जा कारोबार निर्देशिका तथा संस्था सञ्चालन कार्यविधि सम्बन्धमा ।
६. आ.व. ०७५÷०७६ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
७. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सञ्चालक समिति तथा सदस्यहरुको तर्फबाट प्रतिनिधि तोक्ने सम्बन्धमा ।
८. विविध ।
कार्यक्रमः
मितिः २०७५÷०६÷०६ गते, शनिवार
समयः बिहान ११ बजे
स्थानः उद्योग वाणिज्य संघको सभाहल, बुद्धशान्ति ३, बुधवारे, झापा