+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

धितो लिलाम बिक्री गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल दैनिक पत्रिकामा प्रकाशित मिति ः२०७९÷०१÷१२
यस सहकारी संस्था लि. को तपसिलमा उल्लेखित ऋणीले लिनु भएको कर्जा रकम सम्झौता बमोजिम तिर्न बुझाउनको लागि संस्थाबाट पटक÷ पटक मौखिक, लिखित तरताकेता गर्दा समेत कर्जा नतिरेको हुँदा मिति २०७८÷१०÷१९ गतेको पूर्वाञ्चल दैनिक पत्रिकामा कर्जा चुक्ता गर्नको लागि ७ (सात) दिने र मिति २०७८÷११÷१२ गते ३५ (पैंतिस) दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत उक्त कर्जाको वक्यौता साँवा र सोमा लागेको ब्याज, हर्जना लगायत अन्य दैदस्तुरहरु समेत चुक्ता भुक्तान गर्ने तर्फ ऋणीले कुनै ध्यान नदिएकोले धितो सुरक्षण स्वरुप लेखि÷लेखाई दिएको तपसिलमा उल्लेखित धितो बापतको सुरक्षण सम्पत्ति लिलाम बिक्री गरी यस सहकारीको सम्पूर्ण लेना रकम असुल उपर गर्नको लागि सहकारी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी धितो लिलाम बिक्री गर्न ३५ (पैंतिस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

अतः तोकिएको ३५ (पैंतिस) दिने म्याद पश्चात निम्न मिति, समय र स्थानमा लिलाम बिक्रीको कार्य हुने भएकोले सो धितो सुरक्षणमा रहेको सम्पत्ति खरिद गरी लिन इच्छुक व्यक्तिहरुले सोही दिन उपस्थित हुुन भई डाँक बढाबढ कार्यमा सहभागि भईदिनुहुन सार्वजनिक सूचना प्रकाशित गरिएको छ । लिलाम बिक्रीमा सो सुरक्षण धितो सम्पत्ति कसैले नसकारेमा सहकारी ऐन, २०७४ बमोजिम संस्था आफैंले सकार गरी लिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ । धितो लेखि दिएको सम्पत्ति लिलाम बिक्री गर्दा वा संस्था आफैंले सकार गर्दा साविक संस्थाबाट भएको मुल्याङ्कन भन्दा कम मुल्यमा बिक्री भयो वा मेरो÷हाम्रो सम्पत्तिको उचित मुल्य प्राप्त नभई कम मुल्यमा बिक्री भयो वा संस्था आफैंले सकार गरी लियो भनी कहीं कतै उजुर वाजुर गर्न पाइने छैन । साथै सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्रीबाट पनि यस सहकारीको सम्पूर्ण लेना रकम असूल उपर नभएमा सम्बन्धित ऋणीको अन्य चल अचल जायजेथा सम्पत्तिबाट समेत असुल उपर गरी लिने र सम्बन्धित ऋणीको नाम नामेशी सहकारी ऐन बमोजिम कालो सूचीमा समेत प्रकाशित गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई सुचित गराइन्छ ।
ऋणीको विवरण
नामः चन्द्रकला राजवंशी
बाबुः नाथुराम चौधरी
आमाः पार्वती चौधरी
पतिः रन्जित राजवंशी
बसोबास रहेको ठेगानाः बुद्धशान्ति २, झापा
ना.प्र.प.नं. ०४–३–०४÷३५

कर्जाको विवरण
मिति २०७५÷०२÷०३ गते मालपोत कार्यालय भद्रपुरमा यस संस्थाको नाममा रोक्का राखि दुई वर्षे म्याद मिति २०७७÷०२÷०३ गते सम्मका लागि लिएको कुल कर्जा रकमः रु ४,००,०००।– (अक्षरेपी रु चार लाख मात्र)
भुक्तान गर्न बाँकी साँवा रकमः रु १,९२,०६९÷– (अक्षरेपी रु एक लाख बयानब्बे हजार उन्सत्तरी मात्र)
ब्याजः रु ८६,५१०÷– (अक्षरेपी रु छयासी हजार पाँच सय दस मात्र)
हर्जनाः रु १०,४४२÷– (अक्षरेपी रु दश हजार चार सय बयालिस मात्र)
जम्मा कर्जा फर्छौट हुन बाँकी रकमः रु २,८९,०२१÷– (अक्षरेपी रु दुई लाख उनानब्बे हजार एक्काइस रुपैंया मात्र)

धितो सुरक्षणको विवरण
स्थायी ठेगाना धाइजन ४, झापा भई बसोबास ठेगाना बुद्धशान्ति २, झापामा बस्ने नाथुराम चौधरीको छोरी, रन्जित चौधरीको श्रीमति ऋणी स्वयंको नाममा मालपोत कार्यालय भद्रपुरमा दर्ता कायम रहेको झापा जिल्ला साविक बुधवारे गा.वि.स वार्ड नं. ६ स्थित कित्ता नं. ९७८३ को क्षेत्रफल ०–०–१०–० रहेको जग्गा

शर्त बन्देजहरु
१. लिलाम बिक्री कार्य बिहानको १०ः०० बजे देखि शुरु गरी दिनको ०४ः०० बजे भित्रमा सम्पन्न गरिसकिनेछ ।
२. धितो सुरक्षण सम्पत्तिको मुल्य सहकारी नियमावली, २०७५ दफा ३०(च) बमोजिम गठित समितिले तय गरे बमोजिम रहनेछ । लिलाम बिक्री सम्बन्धि अधिकार सोहि समितिलाईनै रहनेछ ।
३. धितो लिलाम सम्बन्धिका अन्य कार्यहरु सहकारी ऐन, नियमावली, संस्थाको विनियम तथा आन्तरिक कार्यविधि बमोजिम हुनेछ ।
४. लिलाम बिक्री हुने भनी तोकिएको दिन बिदा पर्न गएमा त्यसको भोलिपल्ट सोही स्थान र समयमा लिलाम बिक्री कार्य हुनेछ ।
५. यस सम्बन्धी अन्य कुनै जिज्ञासा रहेमा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

लिलाम हुने मिति, समय र स्थान
मितिः २०७९÷०२÷१६ गते, सोमवार
समयः बिहानको ठिक १०ः०० बजे देखि
स्थानः बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय, बुद्धशान्ति ३, बुधबारे

Pin It on Pinterest

Shares