+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

पाचौं बार्षिक साधारण सभा सम्बन्धमा

श्रीमान् शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा

प्रस्तुत सम्बन्धमा यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले सदाझैंं यस वर्ष पनि  साधारण सभाको कार्यक्रमहरु कोभिड १९ का कारणले प्रत्यक्ष उपस्थित भई भिडभाडमा सम्पन्न गर्न नसकिने परिस्थिति भएकोले मिति २०७८÷०५÷२१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार निम्न तवरबाट सम्पन्न गरिने व्यहोरा सम्बन्धित सबै शेयर सदस्य ज्यूहरुमा जानकारी गराईन्छ ।

१.   साधारण सभाको वार्षिक प्रतिवेदन मिति २०७८÷०६÷११ गते देखि सदस्यहरुलाई वितरण गरिनेछ भने संस्थाको आधिकारीक वेभसाइड www.bsc.coop.np मा समेत प्रतिवेदन सार्वजनिक गरिनेछ ।

२.   साथै प्रतिवेदन अध्ययन गरी कुनै राय, सल्लाह, सुझाव तथा टिप्पणी पेश गर्नुपर्ने भए मिति २०७८÷०६÷१८ गते सम्ममा कार्यालयको इमेल bscjhapa@gmail.com वा कार्यालयमा लिखित रुपमा पेश गर्नुपर्नेछ भने निर्वाचन सम्बन्धि कार्यक्रमहरु मिति २०७८÷०६÷१९ देखि २० गते सम्ममा सम्पन्न गरिनेछ ।

३.   पेश हुन आएका सम्पूर्ण राय, सल्लाह वा प्रस्तावहरु समेत समावेश हुने गरी संस्थाको कार्यालयमा मिति २०७८÷०६÷२० गते माइन्युट तयार गरी साधारण सभा सम्पन्न गरिनेछ । तत् पश्चात साधारण सभाका निर्णय तथा प्रतिवेदनहरु नियामक निकायमा पेश गरिनेछ ।

पुष्प प्रसाद रिजाल
अध्यक्ष

 

Pin It on Pinterest

Shares