+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

बालबालिकाको अवलोकन भ्रमण कार्यक्रम

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले खुत्रुके बचत योजनामा नियमित बचत गरी हाल सम्ममा कम्तिमा रु २०,०००/– बचत पुगेका बालबालिकालाई मिति २०८० जेष्ठ ६ गते शनिवार सिलिगुडीको Science City / City Centre अवलोकन भ्रमणमा सरिक गराएकोछ । संस्थाको आ.व. ०७९/०८० को स्वीकृत नीति तथा कार्यक्रम अन्र्तगतको योजना बमोजिम संस्थाले भ्रमण कार्यक्रममा सरिक गराएको हो । विज्ञानका विषय भएको शैक्षिक अवलोकन र मनोरञ्जन सहितको भ्रमण रहेकोले बालबालिकामा सिकाईको व्यवहारिक ज्ञान समेत हासिल भएकोले कार्यक्रममा सरिक बालाबालिकाको अभिभावहरुले खुशी व्यक्त गर्नु भयो ।
यस्ता कार्यक्रम वार्षिक रुपमा नियमित हुने भएकोले खुत्रुके बचत योजनामा नियमित बचत गरी बचत गर्ने बानीको विकास गर्न समेत बालबालिका र अभिभावक सदस्य ज्युहरुमा अनुराध गर्दछौं ।

Pin It on Pinterest

Shares