बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा २०८२ मङ्सिर २० गते शनिबार सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष श्री पुष्प प्रसाद रिजालको सभापतित्व तथा ज्येष्ठ शेयर सदस्य श्री यमनाथ विमलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य भक्ति प्रसाद भट्टराईले गर्नुभएको थियो।
साधारणसभा चुनावी भएकाले निर्वाचन समिति संयोजक रामकुमार तिम्सिना, सदस्यहरू ललित प्रसाद ढुङ्गेल र चम्पा ढकालले निर्वाचन प्रक्रिया सम्पन्न गर्नुभएको थियो।
साधारणसभामा निर्वाचन समितिले आगामी चार वर्षका लागि अध्यक्ष श्री पुष्प प्रसाद रिजालको नेतृत्वमा नयाँ सञ्चालक समिति र धर्मेन्द्र भट्टराईको नेतृत्वमा लेखा समिति सर्वसम्मत निर्वाचित गरेको छ।
नवनिर्वाचित सञ्चालक समिति
अध्यक्षः श्री पुष्प प्रसाद रिजाल
उपाध्यक्षः श्री योगेन्द्र चिमरिया
सचिवः श्री भक्ति प्रसाद भट्टराई
कोषाध्यक्षः श्री हेमन्तमणि रेग्मी
सदस्यहरूः श्री लक्ष्मी ढकाल, श्री सुधिर सत्याल, श्री चेतमणि पोखरेल
नवनिर्वाचित लेखा समिति (४ वर्षका लागि):
संयोजकः श्री धर्मेन्द्र भट्टराई
सदस्यहरूः श्री अर्जुन पोख्रेल, श्री पबित्रा पोख्रेल
साधारणसभाको अवसरमा सहकारीको कारोबारमा उत्कृष्ट योगदान पुर्याउने शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो।
उत्कृष्ट ऋणीहरूमाः देवीप्रसाद निरौला, मिना गुरुङ्, सैनिया मलिक, दमन्ता पौडेल भट्टराई, मुना राई लक्ष्मी सेलिङ् र निर्मल अर्याल सम्मानित हुनुभयो।
उत्कृष्ट बचतकर्ताहरूमाः चन्द्रकला दाहाल, टंक प्रसाद पाठक, संगिता मण्डल, रेनुका देवी तिम्सिना, सञ्जिता पौडेल, शान्ता सापकोटा र धन कुमार बेघालाई सम्मान गरियो।
यसैगरी, ज्येष्ठ शेयर सदस्यको रूपमा भिमा देवी काफ्ले, विष्णुमाया घिमिरे र देवका देवी कार्कीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
साधारण सभाका साथसाथै बालबचतकर्ताहरूलाई वनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो।
सभामा प्रमुख अतिथि तथा अन्य वक्ताहरूले सहकारी संस्थाको प्रगतिको प्रशंसा गर्दै नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो





