+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

यहाँहरुको संलग्नताका लागि आव्हान

पटक–पटकको जनआन्दोलन र राजनीतिक अस्थिरतालाई पनि नेपालको समृद्धि, उन्नति र प्रगतिको बाधक मान्न सकिन्छ । तर पनि विश्वका धेरै यस्ता मुलुकका उदाहरण पनि छन्, जहाँ वर्षौंसम्म भएका अस्थिरताका बाबजुत प्रगतिसँग आर्थिक वृद्धि गर्न सफल भएका छन् । नेपाललाई आफ्नै माटो र पानी सुहाउँदो विकास र पूर्वाधार निर्माण भए पुग्छ । तर, यसका लागि दृढ इच्छाशक्ति, राजनीतिक स्थिरता, भ्रष्टाचारमुक्त कर्मचारीतन्त्र र लगानीको समुचित वातावरण भए पुग्छ । यसका लागि सबै जनताले बेलैमा नेतृत्ववर्गलाई खवरदारी गर्न ढिला भईसकेको छ ।

संक्रमणकालमा रहेको मुलुकले प्रगतिमा फड्को मार्न सक्तैनन् भन्ने होइन परिवर्तनका लागि दृढ विश्वास, विकास गर्ने जुझारुपन र आत्मनिर्भरतामाथिको विश्वासनै महत्त्वपूर्ण विषय हो । विकसित मुलुकको तुलनामा नेपाललाई हेर्ने हो भने यहाँ आर्थिक विकासका कुनै पनि काम पटक्कै भएकै छैन भन्दा फरक पर्दैन । आर्थिक परिवर्तनको लागि सबै क्षेत्रबाट तयार हुने हो भने नेपाल जति अवसर भएको मुलुक विश्वमा अरु कुनै हुने छैन । देश पुनःनिर्माण र विकासकालागि देश विदेशमा रहेका युवा शक्ति परिचालन गर्नु पर्दछ भने सबै व्यक्ति नैतिकवान र इमानदार हुन पनि आवश्यक छ ।

परिवर्तनका लागि योग्यता भन्दा ठूलो कुरा धैर्यता, निर्णय क्षमता र समूहमा दृढ विश्वासका साथ काम गर्न सक्नु पर्दछ । यसका लागि देशप्रेमी प्रगतिशील र जागरुक स्वदेश तथा विदेशमा भएका युवाहरुको एकतामा यस बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरिएको छ । यस सहकारी संस्था नेपालको उत्पादनमुलक क्षेत्रमा युवा लगानी भित्र्याउने र युवाहरुले आर्जन गरेको सिप र अर्थ लाई सहि ठाउमा प्रयोग गर्दै सामुदायिक सम्बृद्धिका उद्देश्यको लागि स्थापना भएको हो ।

सफलताका लागि कुनै नयाँ कार्य गर्नु पर्दैन तर गरिने कार्य नयाँ तरिकाले गर्नु पर्दछ भन्ने अभिप्रायका साथ समुदायका हरेक व्यक्तिलाई समावेश गराउने हेतुले यस सहकारीको परिकल्पना गरिएको छ । आर्थिक परिवर्तनको लागि कुनै ठुलो कार्यगर्नु पर्छ भन्ने होइन धैर्यताका साथ क्रमशः सानो बाट ठुलो आयोजनामा अगाडी बढ्न सकिन्छ । यो महाअभियानमा स्वःजागरुकताका साथ यहाँहरुको संलग्नताका लागि आव्हान गर्दछौं ।

धन्यवाद

Pin It on Pinterest

Shares