+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

युवा स्वरोजगार कर्जा लिन चाहने सदस्यहरुलाई जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति २०७९÷०९÷१२

नेपाल सरकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत स्वरोजगारका अवसरहरु सिर्जना गर्न कोष सँग भएको सम्झौता बमोजिम बुद्धशान्ति गाउँपालिका कार्यक्षेत्र भित्र रहनु भएका तथा यस अघि वा हाल कुनै संघ÷संस्थाबाट स्वरोजगार कोषको रकम लिई कारोबार नगरेका सदस्य ज्यूहरु मध्ये Biofloc प्रविधिबाट भकारी माछापालन, अटोरिक्सा, ठेलागाडामा दुग्धजन्य व्यवसाय, फलफूल, तरकारी, चनाचटपट, Fast food पसल र गाई भैंसीपालन लगायत अन्य कम लागतका व्यवसाय गरी स्वरोजगार हुन चाहने सदस्यहरुले रु तिस हजार देखि बढीमा रु दुई लाख सम्म सहुलियत कर्जा प्राप्त गर्न चाहने सदस्यहरुले यहि मिति २०७९ पौष १९ गते मंगलबार सम्ममा कार्यालय समय भित्र निम्न विवरण सहित यस संस्थामा निवेदन पेश गर्नहुन अनुरोध छ । साथै युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मापदण्ड बमोजिम छनौट गरी लगानीको वातावरण तय गरिने भएको हुँदा आवश्यक सहकार्यका लागि समेत अनुरोध गरिन्छ ।

संलग्न गर्नुपर्ने कागजातहरुः
१. स्वरोजगार कर्जा उपलब्ध गराई पाउँ भन्ने निवेदन ।
२. स्पष्ट बुझिने नागरिकताको प्रतिलिपि ।
३. पासपोर्ट साइजको फोटो ४ प्रति ।
४. इच्छाएको व्यक्ति तथा परिवारका सदस्यहरुको नागरिकताको प्रतिलिपि तथा ३ प्रति पासपोर्ट साइजको फोटो ।
५. तिनपुस्ते विवरण सहित पारिवारिक विवरण ।
६. बुद्धशान्ति गाउँपालिका कार्यक्षेत्रमा स्थायी बसोबास गरेको प्रमाण ।
७. धनिपूर्जाको प्रतिलिपि, हालको मालपोत तिरेको रसिद ।
८. सञ्चालन गर्ने परियोजनाको विवरण ।
९. पूर्व अनुभवको प्रमाणपत्र÷व्यवसाय दर्ता प्रमाणपत्र÷पान÷करचुक्ता ।
१०. तालिमको प्रमाणपत्र ।
११. शैक्षिक योग्यताको प्रमाणपत्र ।
१२. सम्बन्धित वडा कार्यालयको पारिवारिक विवरण प्रमाणिकरण गरेको सिफारिस पत्र ।
१३. व्यवसाय गर्ने घर÷जग्गा सम्झौता, घर÷जग्गा धनीको नागरिकताको प्रतिलिपि ।
१४. पानी÷बिजुलीको बिल ।
१५. अन्य ।

Pin It on Pinterest

Shares