आफु बचौं अरूलाई पनि बचाऔं Click Here
Apr 6, 2020
कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुन पानीले मिचिमिची हात धोऔं । भीडभाडमा नजाऔं । खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकौं । हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गरौं । ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाऔं। कोरोनाभाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घरबाहिर नजाऊँ। सूचनाको पूर्ण पालना गरौं । अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं । सदस्य, सदस्यको परिवार, कर्मचारी, कर्मचारीको परिवार, आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं ।