आदरणिय शेयर सदस्य महानुभावहरु
बुदशान्ति बचत तथा ऋण सहकारी संस्था लि.,
बुद्धशान्ति गा.पा., झापा
हाल विश्व भरि फैलिरहेको कोरोना भाईरस COVID 19 को महामारिका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो को जोखिमलाई मध्यनजर गरि भएको लकडाउनको कारणले सदस्यहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थि छौं । यस महामारीको विषम परिस्थितिबाट बच्ने सबैभन्दा उत्तम उपाय लकडाउन नै भएको हुनाले धैर्यताका साथ पालना गर्न समेत अनुरोध गर्दछौं ।
यद्यपि निरन्तर लकडाउनको कारणले अत्यावश्यक दैनिक उपभोग्य सामान र औषधि खरिदका लागि सदस्यहरुमा रकम अभावको कारणले हुन सक्ने समस्यालाई मध्यनजर गरी मिति २०७६ चैत्र २४ गते बिहानको १०ः०० बजे देखि १२ः०० बजे सम्म मात्र कार्यालय खुल्ला हुने व्यहोरा अवगत गराउँदछौं । तसर्थ उल्लेखित मिति र समयमा कार्यालयमा गई निश्चित सेवा लिनुहुन अनुरोध गरिन्छ । यो अत्यन्त संवेदनशिल समयमा सुरक्षाको उपाय समेत अवलम्बन गर्न विशेष अनुरोध गरिन्छ ।
विशेष आकस्मिक अवस्थाको लागि निम्न नम्बरमा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।
अध्यक्ष पुष्प प्रसाद रिजाल ९८५२६३७४९०
सचिव चन्द्र अधिकारी ९८५२६३५५६९
कार्यालय ०२३ ५५५७९६