+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को छैठौं वार्षिक साधारण सभा कार्यक्रम सफलता पूर्वक सम्पन्न

आज मिति २०७९ असोज ८ गते शनिवार, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को छैठौं वार्षिक साधारण सभा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमका सभापति यस सहकारी संस्थाका अध्यक्ष पुष्प प्र. रिजाल ज्युले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथिको रुपमा बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का अध्यक्ष पर्शुराम चेम्जोङ्ग ज्यु रहनु भएको थियो । कार्यक्रमका अतिथिहरुमा बुद्धशान्ति गाउँ कार्यपालिकाका सहकारी संघ संस्था शाखाका देवेन्द्र कटुवाल, बुद्धशान्ति सहकारी समन्वय समितिका संयोजक लक्ष्मी सुवेदी, सीतारमेश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशव ढुङ्गेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., झापाका कोषाध्यक्ष तथा बुद्धशान्ति सहकारी समन्वय समितिका उपसंयोजक गोविन्द पौडेल, बुद्धशान्ति उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपक सापकोटा, बुद्धशान्ति समाज सेवा संस्थाका अध्यक्ष यामनाथ विमली, बुद्धशान्ति सहकारी समन्वय समितिका सचिव लोकनाथ गौतम, राष्ट्रिय सहकारी बैंक, मेचीनगर नगरपालिका शाखाका वरिष्ठ सहायक राजन मैनाली ज्यूको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समितिका उपाध्यक्ष नारायण बराल ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो ।
साधारण सभा कार्यक्रममा समाजसेवी श्री यामनाथ बिमली, संस्थाका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक बचत कर्ता तथा शेयर सदस्य पवित्रा भट्टराई, कौशिला भट्टराई, विष्णुमााया कट्टेल, टंकमाया रिजाल, कृष्ण बहादूर कुमाल, मणिराम तामाङ, मणि कुमार राई ज्यू लाई दोसल्ला÷टोपी र नगद सहित सम्मान प्रदान गरिएको थियो भने असल ऋणी सम्मान कार्यक्रममा संस्थाका नियमित ऋण भुक्तानी गर्ने शेयर सदस्य बुद्धशान्ति ४ का विनोद भण्डारी, बुद्धशान्ति ३ की यमूना अधिकारी, बुद्धशान्ति १ की यमूना अधिकारी, बुद्धशान्ति ३ का धनराज राई बुद्धशान्ति ६ का सर्वज्ञ खतिवडा, बुद्धशान्ति २ का नरेन्द्र प्रधान हुनुहुन्थ्यो । त्यस्तै असल बचतकर्ताका रुपमा नियमित बचत गर्ने बुद्धशान्ति १ स्थित सबैको साथी मार्टका सञ्चालक प्रतिनिधि शिव खतिवडा, बुद्धशान्ति ३ स्थित बुधबारे स्पेस केवल नेटवर्क का सञ्चालक प्रतिनिधि सुनिल भट्टराई, बुद्धशान्ति ६ का लेखनाथ निरौला, बुद्धशान्ति ३ की द्रौपदा मगर, बुद्धशान्ति २ का मोहन प्रधान रहनु भएको थियो ।
बुद्धशान्ति गाउँपालिका नियामक निकाय कार्यक्षेत्र भित्र रहेका सहकारीहरु मध्ये एक कदम अगाडी रहि मोबाइल स्मार्ट बैंकिङ्गको समेत साधारण सभाकै कार्यक्रममा उद्घाटन गरिएको थियो । सो सम्बन्धि प्रस्तुती संस्थाकी कर्मचारी अधिकृत समिक्षा कडरियाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव चन्द्र अधिकारीले गर्नु भयो ।
संस्थाको आ.व. ०७८÷०७९ को वार्षिक प्रगति विवरण संस्थाका अध्यक्ष श्री पुष्प प्रसाद रिजाल ज्यूले राख्नु भयो भने लेखा समिति प्रतिवेदन लेखा समितिका संयोजक नवराज कोइरालाले बन्द सत्र कार्यक्रममा राख्नु भयो । शेयर सदस्यका तर्फबाट श्री इन्द्र कुमार भट्टराई ज्युले प्रतिवेदन को समिक्षा तथा सुझाव पेश गर्नु भएको थियो भने बन्द सत्र कार्यक्रममा जिज्ञासाको औचित्य माथि प्रकाश पार्दै कार्यक्रमका सभापति श्री पुष्प प्रसाद रिजाल ज्यूबाट कार्यक्रमको समापन भयो ।

 

Pin It on Pinterest

Shares