+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

माटो बचाउ अभियानमा बुद्धशान्ति बचत ऋण सहकारी संस्था ले कार्यक्रम गर्ने

बुद्धशान्ति गाउँपालिका क्षेत्र भित्र विभिन्न तरकारी तथा अन्नबाली उत्पादन हुने गरेको छ । आजकालको समयमा रासायनिक मलको प्रयोग नगरी उत्पादन नहुने अवस्था छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष मानिस, जनावर र पशुपंक्षी समेतलाई असर गरिरहेको छ भने माटोको उर्वर क्षमता समेतमा हरेक दिन ह्रास भईरहेकोछ ।
यसै बिषयमा आम कृषक वर्ग तथा सदस्यहरुमा माटो बचाउ अभियानमा जनचेतना फैलाउनु पर्छ भन्ने अभिप्रायले यस सहकारी संस्थाले अभियान कर्ता माइन्ड पावर करियर डेभलेपमेन्ट इन्टरनेशनल ट्रेनिङ्ग सेन्टर का मोटिभेसनल स्पिकर श्री बि.पि. रेग्मी ज्यूसँग कार्यालयमा छलफल गरेकोछ । यसै विषयको कार्यक्रम लिएर सदस्यहरुको बीचमा केहिदिन भित्र पायक पर्ने स्थानहरुमा तालिम गर्ने योजना तयारी रहेको जानकारी गराउँदछौं ।
Like

Comment
Share

Pin It on Pinterest

Shares