विश्वव्यापी महामारी (कोभिड १९) का कारण कोरोना भाइरस संक्रमण रोकथाम र न्युनीकरणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दीको अवस्थामा सदस्यहरु बीच सदाझैं सेवाहरु प्रवाह हुन नसकेको व्यहोरा सबैमा अवगतै छ । हाल झापा जिल्लामा समेत कोरोना संक्रमित देखिएको हुँदा थप सजगता अपनाउनु पर्ने अवस्था रहेको छ । यसै अवस्थालाई मध्यनजर गरी खाद्यान्न तथा औषधि खरिदका लागि संस्थाले निश्चित बचत फिर्ता, रेमिटान्स, रिचार्ज, महशुल भुक्तानी र किस्ता भुक्तानीको सेवा हरेक आइतबार ११ बजे देखि ०१ बजे सम्म प्रवाह गर्दै आएको छ ।
सृजित बिपद्को समयमा सदस्यहरुको हित तथा बन्दाबन्दी खुलेपछी एकमुष्ट आइपर्ने आर्थिक व्ययभारको मध्यनजर गरी बन्दाबन्दी (Lockdown) को अवधि भरिको बुझाउन बाँकी ऋणको किस्तामा हर्जना नलाग्ने र Lockdown अवधि भरमा भुक्तानी हुन आएको किस्ताको ब्याजमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हुँदा Esewa, IME Pay, Ips connect, Mobile Banking, Account Transfer, बैंक चेक मार्फत किस्ता भुक्तानी गर्न सकिने व्यहोरा समेत यसै सूचना मार्फत अवगत गराउँदछौं ।विशेष आकस्मिक अवस्थाको लागि निम्न नम्बरमा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।अध्यक्ष पुष्प प्रसाद रिजाल ९८५२६३७४९०सचिव चन्द्र अधिकारी ९८५२६३५५६९