+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

“विद्यमान तरलता संकटको समयमा कर्मचारीको भुमिका तथा क्षमता विकास सम्बन्धी” एक दिवसीय कर्मचारीको तालिम सम्पन्न

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले साझेदार संस्था आरएमडिसि लघुवित्त वित्तीय संस्था लि. को सहकार्यमा गत शनिवार मिति २०८० जेष्ठ २७ गते “विद्यमान तरलता संकटको समयमा कर्मचारीको भुमिका तथा क्षमता विकास सम्बन्धी” एक दिवसीय कर्मचारीको तालिम सम्पन्न गरेको छ । तालिम कार्यक्रमका मुख्य प्रशिक्षक बुद्धशान्ति गाउँपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र कटुवाल ज्यूले कार्यालय सञ्चालनका विषयमा सहकारी ऐन, नियमावली, निर्देशिकाको प्रावधान, COPOMIS अपडेटको आवश्यकता र कानुनी विषयहरुमा जानकारी दिनु भयो भने सञ्चालक समितिका अध्यक्ष श्री पुष्प प्रसाद रिजालले संस्थाको हाल सम्मको वासलातको अवस्था, बचत तथा कर्जाको अवस्था, कर्मचारीहरुको कार्य विश्लेषण र कर्मचारीले निर्वाह गर्नुपर्ने भुमिकाको विषयमा तालिम प्रदान गर्नुभयो । त्यस्तै सञ्चालक समितिका सदस्य श्री भक्ति प्रसाद भट्टराईले कर्मचारीहरुलाई पुर्नताजकिकरण गराउनु भएको थियो भने तरलता के हो ?, तरलतालाई कसरी सुधार गर्न सकिन्छ ? र कर्जा प्रवाह गर्दा ध्यान दिनु पर्ने विषयमा लेखा सुपरिवेक्षण समितिका संयोजक श्री नवराज कोइरालाले तालिम प्रदान गर्नुभयो । त्यस्तै तरलता कुन कुन कारणले भयो ? र संकटको समयमा कर्मचारीको भुमिका कस्तो हुनुपर्छ ? KYM अपडेट लगायत अन्य विविध विषयहरुमा संस्थाका कार्यकारी प्रमुख चन्द्र अधिकारीले तालिम प्रदान गर्नुभएको थियो ।
सीतारमेश बहुमुखी क्याम्पसको सभाहलमा करिब ७ घण्टा चलेको तालिमले कर्मचारीहरुमा सिक्नको लागि धेरै बाँकी रहको र सञ्चालित तालिमले निक्कै ज्ञान प्राप्त भएको जानकारी गराउँदै अधिकृत कर्मचारी समिक्षा कडरियाले निरन्तर तालिम कार्यक्रमको लागि सञ्चालक समितिको ध्यानाकर्षण गराउनुभयो । तालिम कार्यक्रमको शुरुवातमा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा उपसमितिका संयोजक रामकुमार तिम्सिना ज्यूले यस्ता तालिम निरन्तर रहने जानकारी दिनु भएको थियो । कार्यक्रममा सञ्चालक समिति कोषाध्यक्ष हेमन्तमणी रेग्मी, लेखा सुपरिवेक्षण समितिका सदस्य नरेन्द्र बराल र शिक्षा उपसमितिका सदस्य राधाकृष्ण भट्टराईको समेत उपस्थितिमा कर्मचारीहरुको तालिम सफलता पूर्वक सम्पन्न भयो ।
+2

Pin It on Pinterest

Shares