+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

BSC को उद्धघाटन समारोह भव्यताका साथ सम्पन्न

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड (BSC) ले कार्यालय उद्धघाटन मिति २०७४ अषाढ ०५ गते सोमबार आफ्नै कार्यालय परिसरमा गरेको छ । उद्योग वाणिज्य संघ बुधबारेका अध्यक्ष श्री गोविन्द पौडेलको प्रमुख आतिथ्यता तथा यस सहकारीका अध्यक्ष श्री पुष्प प्रसाद रिजाल ज्यूको सभापतित्वमा उद्धघाटन कार्यक्रम सम्पन्न गरेको हो । बुद्धशान्ति सहकारीका शेयर सदस्यहरु तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पौडेलले मन्तव्य व्यक्त गर्नुहुँदै अटल मेहनतका साथ निरन्तर कार्य गर्ने हो भने समाजको आर्थिक विकासका लागि सहकारीले ठूलो भुमिका खेल्ने जानकारी गराउनु भयो । समाजका हरेक घरपरिवार तथा व्यक्तिहरु सँग सहकारीको प्रत्यक्ष सम्बन्ध हुनेहुँदा अत्यन्त भरपर्दो र छिटोछरितो गुणस्तरिय सेवा दिन सके यस सहकारीले पनि छिटो गतिमा प्रगति गर्न सक्ने सुझाउनु भएको थियो । अबको आर्थिक विकास र समाजमा पर्याप्त रोजगारीका लागि गाउँगाउँमा साना तथा मझौला उद्योगधन्दा सञ्चालन गर्नुपर्ने भएकोले यो BSC सहकारीले यस तर्फ बेलैमा कदम चाल्नेमा आफु विश्वस्त रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा उपस्थित वक्ताहरुले मन्तव्य राख्दै समय समयमा विभिन्न सहकारी स्थापना गर्ने र भाग्ने परिपाटीले यस क्षेत्रलाई बदनाम र अविश्वासिलो बनाउँदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । संस्थाको लेखाकार्यलाई पारदर्शि बनाउन आधुनिक अकाउन्ट सफ्टवेयर प्रयोग गरिएको र यसलाई व्यवस्थित बनाउन कुनैपनि कसर बाँकि नराखिने जानकारी संस्थाका कोषाध्यक्ष सरस्वती नेपालले जानकारी गराउनु भयो । कार्यक्रममा उठेका जिज्ञासाको प्रत्युत्तरमा सभापति पुष्प प्रसाद रिजालले भन्नु भयो, हामी कुरामा हैन कर्ममा विश्वास गर्छौं । यहि समुदायमा सम्भाव्य क्षेत्रमा लगानी गरि एक वर्ष भित्रमा परिणाममुखी कार्य गरि देखाउने जानकारी दिनुभयो । विश्वमा सहकारीबाट ठूलाठूला प्रगति भएको हामीले प्रत्यक्ष हेरेर आएका छौं, विश्व भरि छरिएर रहेका नेपाली दिदीबहिनी/दाजुभाईहरुले सिकेको सिपलाई नेपाली माटो सुहाउँदो क्षेत्रमा प्रयोग गरि स्वावलम्बि बन्दै रोजगारी सृजना गर्न हामी कटिबद्ध भई लाग्नेछौं । समाजमा कामको आधारमा गरिने विभेदलाई अन्त्य गर्दै हरेक कामलाई सम्मानित गरिने वातावरण तयार गर्नेछौं । वहाँले भन्नु भयो, समाजबाट युवाशक्ति विदश पलायन हुनुले राष्ट्रका लागि ठूलो घाटा हो, अब हामी नेपाली मातृभुमिमा काम गरेर विदेशिएका युवालाई स्वदेशमानै केही गर्न सकिने रहेछ भन्ने उदाहरण दिनेछौं । समाजका हरेक वर्ग र समुदायलाई समेट्ने कार्यक्रम भित्र्याउने जानकारी दिँदै संस्थाको सबै गतिविधि, शेयर, बचत तथा कर्जाको विवरण प्रयत्क्ष हेर्न मिल्ने वेभसाइड समेत चाँडै तयार गरिने जानकारी दिनुभयो । कार्यक्रम समापन समारोहमा बोल्दै सभापति रिजालले भन्नु भयो अब यस BSC ले अविश्वास र शंकाको वातावरणलाई चिर्दै सहकारीको निर्दिष्ट मूल्य र सिद्धान्तहरूको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको अवलम्बनका साथ स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी हरेक व्यक्तिलाई सदस्य बन्न लायक बनाउनेछौं ।

Pin It on Pinterest

Shares