आठौं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८१/०४/२७ गते
यस सहकारी संस्थाको मिति २०८१/०४/११ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको आठौं वार्षिक साधारण सभा संघीय सहकारी ऐन–२०७४ को परिच्छेद ६ को दफा ३९, प्रदेश सहकारी ऐन–२०७६ को दफा ३६, स्थानीय निकाय सहकारी ऐन २०७५ को दफा २८, सहकारी विभागको मार्गदर्शन तथा यस सहकारी संस्थाको विनियम २०७३ को दफा २४ को प्रावधान बमोजिम साधारण सभा सम्पन्न गर्नुपर्ने भएको हुँदा तपसिल अनुसारका विषयहरुमा छलफल गरी निर्णय गर्नको लागि निम्न मिति, समय र स्थानमा हुने साधारण सभाको बैठकमा अनिवार्य सक्रिय सहभागिताका लागि सम्पूर्ण सेयर सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभाका प्रस्तावहरु ः
१. सञ्चालक समितिको आ.व. ०८०/०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
२. संस्थाको लेखा समितिको आ.व. ०८०/०८१ को प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
३. आ.व. ०८०/०८१ को बाह्य लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
४. चालु आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
५. आ.व. ०८१/०८२ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
६. शेयर लाभांश पारित गर्ने तथा वितरण गर्ने सम्बन्धमा ।
७. विशेष प्रस्तावहरुको सम्बन्धमा ।
क.संस्थाको विनियम, नीति, निर्देशिका र कार्यविधि संशोधन तथा अनुमोदन गर्ने सम्बन्धमा ।
८. कार्यसूचीमा थप भएका प्रस्तावको सम्बन्धमा ।
९. कर्मचारी नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
१०. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने सम्बन्धमा ।
११. विविध ।
कार्यक्रम
मितिः २०८१ भाद्र २९ गते, शनिवार
समयः बिहानको ठिक १०ः३० बजे देखि
स्थानः राम जानकी मन्दिरको सभाहल, बुद्धशान्ति ३, बुधबारे, झापा
पुष्प प्रसाद रिजाल
अध्यक्ष
