यस संस्थामा आवद्ध पिछडिएको वर्ग, न्युुन आय भएका तथा कृषक सदस्यहरुको रोजगारीको सुनिश्चितता तथा निरन्तरताका लागि सञ्चालन गर्न सकिने कार्यक्रमको खोजी गर्न थालेको छ । कसरी थोरै उत्पादनबाट पनि बढी फाइदा लिन सकिन्छ ? कस्ता वस्तुको बजार सुनिश्चित हुन्छ ? कस्ता कार्यक्रमलाई सरकारको कार्यक्रम तथा बजेटले समेत सम्बोधन गरेको छ ? कुन क्षेत्रमा लगानी गरे सदस्य र संस्थालाई फाइदा पुग्छ ? र सदस्यलाई स्वरोजगार बनाउन सकिन्छ ? भन्ने विषय खोजीको विषयमा राखेको छ ।
सोही सन्दर्भमा मिति २०८० जेष्ठ २४ गते बुधबार महारानी झोडा साना किसान कृषि सहकारी संस्था लि. ले गरेका परियोजनाहरुको स्थलगत अवलोकन गरेको हो । जस अन्तर्गत विभिन्न खाद्यवस्तुहरुको मुल बिउ उत्पादन, प्रशोधन, भण्डारण र बजारिकरणका साथै चक्लाबन्दी एकिकृत कृषि खेती प्रणाली तथा पशुआहारा साइलेज उत्पादन रहेका छन् । विशेषतः धान, मकै, तोरी, फापर, गहुँ, आलु, आलस, मुसुरो, राजमा जस्ता खाद्यान्न र जै तथा घन्सीको घाँसका बीउहरुको उत्पादन गरिरहेको उक्त संस्थाले जानकारी गराएकोछ ।
सो संस्थाले प्रदान गरेको शिक्षाको आधारमा बजारको माग अनुसारको हाम्रो माटो सुहाँउदो योजना गर्न सके सबैलाई फाइदा पुग्ने देखिन्छ ।


