+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सम्बन्धि सूचना 

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज यू.एस.ए, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत अवस्थामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि रु २१०००/- सम्मको छात्रवृत्ति योजना ल्याएकोछ ।
तसर्थ सामुदायिक विद्यालयमा कक्षा ३ देखि ७ सम्मका अध्ययनरत विद्यार्थीहरु मध्ये तोकिएको योग्यता पुगेका ३ जना लाई यसै शैक्षिकसत्र २०८० को छात्रवृत्तिको लागि छनौट गर्नुपर्ने भएकोले आवश्यक कागजात सहित कार्यालयमा मिति २०८० जेष्ठ ११ गते बिहिवार दिनको ०४ः०० बजे भित्र निवेदन सहित कार्यालयमा सम्पर्क गर्नुहुन वा इमेल bscjhapa@gmail.com मा पठाउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।
विद्यार्थी छनौटको लागि आवश्यक योग्यता
१. कक्षा ३ देखि ७ सम्मको बुद्धशान्ति गा.पा. भित्रको फरक फरक सामुदायिक विद्यालयमा अध्ययनरत हुनुपर्ने । (यस सहकारी संस्थाको शेयर सदस्य परिवारको विद्यार्थीलाई प्राथमिकता हुने)
२. गरिब, जेहेन्दार तथा पिछडिएको वर्गले प्राथमिकता पाउने ।
३. अभिभावकको पढाउन नसक्ने हैसियत भएको ।
४. अपाङ्ग तथा टुहुराहरुले प्राथमिकता पाउने ।
५. विद्यालय, स्थानीय पालिका वा वडा कार्यालयहरुबाट सिफारिस भएको ।
६. अन्य स्रोतबाट कुनै छात्रबृत्ति वा सहयोग प्राप्त नगरेको ।
पुनश्चः छात्रवृत्ति योजनाका लागि छनौट गर्ने अधिकार यस सहकारी संस्थामा निहित रहनेछ भने रित पूर्वक नआएको कागजात र समय भित्र नआएको निवेदन उपर कारवाही हुनेछैन ।
थप जानकारीको लागिः अध्यक्ष पुष्प प्रसाद रिजाल ९८५२६३७४९०
सचिव चन्द्र अधिकारी ९८५२६३५५६९

Pin It on Pinterest

Shares