+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

नवौं बार्षिक साधारण सभा सम्बन्धी सूचना

नवौं बार्षिक साधारण सभा सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८२/०४/२८ गते
यस सहकारी संस्थाको मिति २०८२/०४/२७ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको नवौं वार्षिक साधारण सभा संस्थाको विनियम,२०८१ को दफा ३०, ३२ र ४० को प्रावधान बमोजिम साधारण सभा सम्पन्न गर्नुपर्ने भएको हुँदा तपसिल अनुसारका विषयहरुमा छलफल गरी निर्णय गर्नको लागि निम्न मिति, समय र स्थानमा हुने साधारण सभाको बैठकमा अनिवार्य सक्रिय सहभागिताका लागि सम्पूर्ण सेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ ।
नवौं वार्षिक साधारण सभाका प्रस्तावहरु
१. सञ्चालक समितिको आ.व. ०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
२. संस्थाको लेखा समितिको आ.व. ०८१/०८२ को प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
३. आ.व. ०८१/०८२ को बाह्य लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
४. चालु आ.व. ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट माथि छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।
५. आ.व. ०८२/०८३ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
६. विशेष प्रस्तावहरुको सम्बन्धमा ।
क.संस्थाको नीति, निर्देशिका र कार्यविधिको संशोधन तथा अनुमोदन गर्ने सम्बन्धमा ।
७. कार्यसूचीमा थप भएका प्रस्तावको सम्बन्धमा ।
८. कर्मचारी नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
९. संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा ।
१०. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने सम्बन्धमा ।
११. विविध ।
कार्यक्रम
मितिः २०८२ भाद्र २८ गते, शनिवार
समयः बिहानको ठिक ११ः०० बजे देखि
स्थानः राम जानकी मन्दिरको सभाहल, बुद्धशान्ति ३, बुधबारे, झापा
पुष्प प्रसाद रिजाल
अध्यक्ष
AGM 081 82 Notice CLICK TO VIEW

Pin It on Pinterest

Shares