बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज USA, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत/गरिब तथा जेहेन्दार ३ जना विद्यार्थीहरुको लागि पहिलो किस्ता स्वरुप जनही रु ११०००/– को छात्रवृत्ति संस्थाका अध्यक्ष श्री पुष्प प्रसाद रिजाल र सम्बन्धित अभिभावकहरुको रोहवरमा प्रदान गरेको छ । संस्थाले छात्रवृत्ति योजनामा समावेश हुन २०८० जेष्ठ १० गते सार्वजनिक सूचना जारी गरिएको थियो । रितपूर्वक आएका निवेदन मध्ये सम्पूर्ण कागजात र योग्यता पुगेका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति २०८० का लागि सिफारिस गरेको हो । जसमध्ये श्री बुद्धआदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति १, बुधबारेमा कक्षा ३ मा अध्ययनरत लक्ष्मी कट्टेल, श्री शान्ति आदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति ६, शान्तिनगर कक्षा ५ मा अध्ययनरत सोनु साउदेन र श्री शिशु सुधार आधारभूत विद्यालय, बुद्धशान्ति ३, बुधबारे कक्षा ४ मा अध्ययनरत अभिशेक रसाइलीले छात्रवृत्ति पाएका छन् । छनोैट विद्यार्थीहरुले दोस्रो किस्ता वापत यसै शैक्षिक सत्रमा रु १०,०००/– पुनः पाउनेछन् ।
झापाली समाज USA, झापा विकास मन्च काठमाडौँ, झापा जिल्ला सहकारी संघ लिमिटेड र सम्बन्धित सहकारी संस्थाको र्सयुक्त आयोजनामा २०८० छात्रवृत्ति वितरण कार्यक्रममा संघका अध्यक्ष श्री गणेश ढकाल ज्यूको अध्यक्षता, बिर्तामोड नगरपालिका प्रमुख श्री पवित्रा महत्तरा प्रसाई ज्यूको प्रमुख आतिथ्यतामा पहिलो किस्ता वितरण कार्यक्रम मिति २०८० जेष्ठ १५ गते सोमबार बिर्तामोडको आर्दश व्याङ्क्वेट सम्पन्न गरियो ।
