+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

बुद्धशान्ति सहकारीको आ.व. ०८०/८१ को ८औँ वार्षिक साधारण सभा सम्पन्न, खुद नाफामा ६६.६४ प्रतिशतको बृद्धि हासिल

बुद्धशान्ति सहकारीको आ.व. ०८०/८१ को ८औँ वार्षिक साधारण सभा सम्पन्न, खुद नाफामा ६६.६४ प्रतिशतको बृद्धि हासिल
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको आठाँै वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज मिति २०८१ भाद्र २९ गते शनिबार बुद्धशान्ति ३, बुधबारे, झापा स्थित रामजानकी मन्दिरको सभाहलमा संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजालको सभापतित्वमा आयोजित साधारण सभाको प्रमुख अतिथिका रुपमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल रहेका थिए । त्यस्तै बचत तथा ऋण सहकारी संघ झापाको कोषाध्यक्ष गोविन्द पौडेल, मेची आँखा अस्पतालका प्रशासन प्रमुख आलोक श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी सहितको आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव चन्द्र अधिकारीले गरेका थिए । यता संस्थाका उपाध्यक्ष नारायण बरालले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा ‘आँखा दान, महादान’को इच्छापत्रमा हस्ताक्षर गर्ने महानुभावलाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो । साधारण सभामा संस्थाले ७ जना जेष्ठ नागरिक, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी सदस्य र संस्थाकी उत्कृष्ट वर्ष कर्मचारीको रुपमा संगीता पौडेल भुजेललाई सम्मान समेत गरेको थियो । साथै सोही कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थाका सदस्यका २ छोरा जना २ जना छोरीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

Pin It on Pinterest

Shares