सह–व्यवस्थापक कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मितिः २०८२/०५/१६
यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., बुद्धशान्ति ३ का लागि रिक्त रहेको पदमा तपसिल अनुसारको कर्मचारी आवश्यक भएको हुँदा योग्यता पुगेका स्थानीय नेपाली नागरिकहरुबाट दरखास्तको लागि मिति २०८२/०४/२७ गतेको सञ्चालक समितिको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
विज्ञापन नं. ००१–०८२/०८३
पदः सह–व्यवस्थापक
संख्याः १ जना
छनौटको किसिमः खुल्ला प्रतिष्पर्धा (लिखित, मौखिक र प्रयोगात्मक)
तलबः संस्थाको नियमानुसार
सुविधाः सामाजिक सुरक्षा कोष
परिक्षणकालः ६ महिना
न्युनतम शैक्षिक योग्यताः व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेको तथा नेपाली र अंग्रजी टाइपिङ अनिवार्य गर्न जान्ने ।
उमेरः २१ वर्ष पूरा भएको
दरखास्त दिने अन्तिम मितिः २०८२ भाद्र २० गते, शुक्रबार दिनको ०३ः०० बजे सम्म
आवेदन शुल्कः रु ५००
आवश्यक कागजातहरुः
ड्ड स्नातक तह वा माथिल्लो शैक्षिक योग्यताको मार्कसिट तथा सर्टिफिकेट
ड्ड नागरिकताको प्रतिलिपि
ड्ड ३ प्रति पासपोर्ट साइजको फोटो
ड्ड कहिँकतै कालो सूचीमा नपरेको स्वःघोषणा सहितको हस्तलिखित निवेदन
ड्ड तालिम तथा अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपि
परीक्षा मिति र स्थानः आवेदन दिने अन्तिम दिनको ०३ः०० बजे पछि प्रकाशित गरिनेछ ।
थप जानकारीको लागिः ९८५२६३७४९०, ९८५२६५६७९५, ०२३–५५५७९६
नोटः एकाउन्ट तथा एकाउन्टिङ्ग सफ्टवेयर सम्बन्धि ज्ञान भएको, अनुभवि तथा दुईपाङ्ग्रे सवारीसाधन (लाइसेन्स अनिवार्य) हुनेलाई प्राथमिकता दिइनेछ साथै Short Listed Candidates लाई मात्र परीक्षामा सामेल गराइनेछ ।
पुष्प प्रसाद रिजाल
अध्यक्ष
सह–व्यवस्थापक कर्मचारी आवश्यकता CLICK HERE TO VIEW